Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी पूर्वलडाकु ब्राउन सुगरसहित पक्राउ

काठमाडौँ, जेष्ठ २३ गते ।  प्रहरीले लागु औषध ब्राउन सुगरसहित माओवादीका पूर्वलडाकुलाई पक्राउ गरेको छ ।
आइतबार प्रहरीले रोल्पाका अक्तबहादुर घर्तीमगर, प्रवेश डिसी र रुकुमका जगत पुनलाई पक्राउ गरेको हो । 




महानगरीय प्रहरी बृत बालाजुबाट खटिएको प्रहरी टोलीले माछापोखरीबाट तीन जना पूर्वलडाकुलाई पक्राउ गरेको हो ।

अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै बालाजु वृत्तका डिएसपी संजिव शर्माले भने, ‘६८ ग्राम ब्राउन सुगर अर्थात् खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । '

प्रहरीले तीनजनाको साथबाट ६८ ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका मध्ये रुकुमको चुनुवाङका जगत पुन सेना समायोजनमा पाँच लाख लिएर स्वेच्छिक अवकास लिएका पूर्वलडाकु हुन् ।

रोल्पाको कोटगाउँ र गौरीगाउँका घर्तीमगर र डिसी पूर्वलडाकु भएको तर सेना समायोजन अघि नै माओवादी छोडेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

पूर्वलडाकुले प्रहरीसँगको बयानमा रुपेडियाबाट ब्राउन सुगर ल्याएको स्वीकार गरेका छन् ।






annapurnapost

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget