तस्विर - रेडियो मकालु १०२. १ |
काठमाडौं वैशाख ३१ गते । देशको पूर्वी क्षेत्रमा अझै केही दिन पानी पर्नेे मौसमविद्ले अनुमान गरेका छन् । भारतको बिहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणालीको असरले पूर्वी नेपालको मौसम केही दिन बदली भै मेघ गर्जन सहित पानी पर्ने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार मध्य क्षेत्रमा पनि यसको असरले आंशिक बदली गराउनेछ । तर काठमाण्डू उपत्यका र पश्चिममा भने एकदुई दिन पानी पर्ने संभावना निकै कम भएको उहाँले बताउनुभयो ।
तर पहाडी क्षेत्रमा भने क्षणिक वर्षा हुनसक्छ । अहिले बदली भएको काठमाण्डू उपत्यकासहित मध्य क्षेत्रको मौसम दिउँसोसम्ममा बिस्तारै खुल्ने र दिउँसोपछि फेरि बदली हुने अनुमान गरिएको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
Post a Comment