विराटनगर , वैशाख २७ गते । सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मोरङको डाँगीहाटमा सोमबार बिहान एक जनाको मृत्यु भएको छ।
करेन्ट लागेर डाँगीहाट १ का ३३ वर्षीय प्रदीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
विहान ५ बजे करेन्ट लागेर घाइते भएका तामाङको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Post a Comment