अनुज सापकोटाबाट
बिराटनगर,जेष्ठ १७ गते । आज विराटनगरमा तराई मधेश लोकतान्त्रीक पार्टीको जिल्ला कार्यलय मोरंगले अषाढ ६, ७, ८ गते रामग्राम नगरपालिका,नवलपरासीमा हुन गइरहेको प्रथम राष्टिय महाधिवेशनको सम्बन्धमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
उक्त सम्मेलनमा तमलोपा पार्टिका मोरगं जिल्ला अध्यक्ष मो.कादिरले जिल्लावासीहरुलाई महाधिवेशनको जानकारी पत्रकारमार्फत दिनकालागि यो पत्रकार सम्मेलनको आयोजना गरेको बताउनु भयो । यस अधिवेशनले देश र मधेशलाई नया दिशा दिने जिकिर गर्नुभयो ।
जिल्ला अध्यक्ष मो. कादिरले मोरगंको ९ निर्वाचन क्षेत्रबबाट अनिवार्य २ महिला सहित प्रत्येक क्षेत्रबाट ७ जनाको प्रतिनिधित्व हुनेगरी दुइ महिना अघि सम्पन्न जिल्ला अधिवेशनबाट ६३ जना महाधिवेशन प्रतिनिधि चुनेको बताउनु भयो । उक्त अधिवेशनमा मधेशको २२ र पहाडको १० गरी जम्मा ३२ जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
सो महाधिवेशनमा लाखौको सहभागिता रहने तमलोपाका मोरगं जिल्ला अध्यक्ष मो. कादिरले दावी गर्नुभयो ।
Post a Comment